प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ
काठमाडौँ, १९ असार | प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले आज सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा पूर्वसचिव अधिकारीलाई मङ्गलबार उक्त पदमा नियुक्त गर्नुभएको हो ।
त्यस अवसरमा संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयलगायत अधिकारीहरूको उपस्थिति थियो ।
प्रकाशित मिति: बुधबार, असार १९, २०८१ १४:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय