Kath khabar
साङ्गीतिक चलचित्र  ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक

 

                      काठमाडौं, असार २० ।  कर्णाली प्रदेशको जनजीवनमा आधारित रहेर तयार पारिएको साङ्गीतिक चलचित्र ‘हिरुलाल : द सोल अफ कर्णाली’ सार्वजनिक भएको छ ।

बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको श्रव्यदृश्ययुक्त उक्त चलचित्रमा सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण छ ।  उक्त चलचित्रमा आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानीयका पीडालाई जीवन्त प्रस्तुत गरिएको छ । सुदूरपश्चिमका सर्वसाधारण सडक र सञ्चार सुविधाबाट वञ्चित हुँदा झेल्नुपरेका पीडा प्रस्तुत भएको छ ।

गीतमा चक्र बम र रचना रिमाल र ठाडी भाकामा वरिष्ठ देउडा गायिका डिक्रा देवी बादीले स्वर दिनुभएको छ । कोविद बज्रले सङ्गीत भर्नुभएको गीतको श्रव्यदृश्यमा अभिनेत्री रेनुनाथ योगी, बालकलाकार सञ्जय परियार र गायक बमले अभिनय गर्नुभएको छ ।
–––

 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update