गृहमन्त्री लामिछानेविरुद्ध दायर भएको रिटमा सुनुवाइ जारी
काठमाडौं, असार २० । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटमा सुनुवाइ जारी रहेको छ । बहसपछि सहकारी ठगी मुद्दामा लामिछानेको संलग्नताबारे आज आदेश आउने अपेक्षा गरिएको छ ।
मंगलबार सहकारी पीडित पक्षका वकिल र अधिवक्ता अनुपम भट्टराईबीच बहस भएको थियो । यसअघि महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउन अधिकार क्षेत्र नरहेको भन्दै पत्र जारी गरेको थियो ।
सूर्यदर्शन सहकारीका पीडितले गृहमन्त्री लामिछानेविरुद्ध सार्वजनिक आरोप लगाए पनि महान्यायाधिवक्ताको कार्यालयले लामिछानेलाई सफाइ दिएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१ १४:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय