Kath khabar
१५ अंकले बढ्यो नेप्से


               काठमाडौं, असार २० । नेप्से बढेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार भने १५ दशमलव ४६ अंकले बढेर २१ सय १९ दशमलव ६९ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८४ अंकले बढेर तीन सय ७४ दशमलव ७० अंकमा पुगेको छ ।  

नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ८४ हजार एक सय २६ पटकको कारोबारमा दुई करोड २१ लाख ६७ हजार छ सय ७८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम छ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौं सय ८० रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा हुँदा फाइनान्स र उत्पादनमूलक समुहको सूचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक बढेर हरियो भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आखुखोला जलविद्युत कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनी आदिको शेयर मुल्य बढेका छन् भने मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा बैंकको ऋणपत्र आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड, महालक्ष्मी विकास बैंक आदि परेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update