Kath khabar
नेपालकै भरपर्दो विद्युतीय गाडी हुन्डाईको कोना किन्न अब शुन्य प्रतिशत ब्याजदरमा


                  काठमाडौं, असार २० । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडी कोनाको खरिदमा शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ । हुन्डाईले कोनामा शून्य ब्याजदर योजना ग्राहक माझ सार्वजनिक गरेको कम्पनीले जानकारी दिएको छ ।

दिगोपन र पर्यावरण–मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबुत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षको लागि ५० प्रतिशत डाउनपेमेन्ट गरी हुन्डाई कोना खरिद गर्न सक्नेछन् । आफ्नो उत्कृष्ट डिजाइन, पर्फर्मेन्स र विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ । हुन्डाई कोना २ वटा भेरियन्टमा उपलब्ध छ । कोना जिएलको मूल्य रु. ५९,९६,०००जिएलएस भेरियन्टको मूल्य रु. ६४,९६,००० रहेको छ । 

हुन्डाई कोनामा मल्टि स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ, जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्नेछ । कोना इलेक्ट्रिकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । 

हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ । 

प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update