काठमाडौँ, असार ३० । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय फुटबल टिमको क्याम्पबाट दोस्रो चरणमा १४ जना खेलाडी घटाउनु भएको छ ।
दोस्रो चरणमा ३६ खेलाडी प्रवेश गरेका छन् । फुटबल टिमले साफ च्याम्पियनसिप र एएफसी एसीयन कप छनौट अन्तिम चरणको तयारी गरिरहेको छ । गोल रक्षक विशाल सुनार सहित डिफेन्डर अमित तामाङ, विवेक बस्नेत, गौरव बुढाथोकी, निरज बस्नेत र निशान खड्का पहिलो चरणबाटै बाहिरिनु भएको छ । मिड फिल्डर डोना थापा, सेसेहाङ आङदेम्बे , मिक्चेन तामाङ र रवि पाश्वान दोस्रो चरणमा पर्न सक्नु भएन् ।
यस्तै फर्वाडमा दर्शन गुरुङ, प्रिजेन तामाङ, शिशिर लेखी तथा सुदिल राई पनि बाहिरिनुभएको छ । कप्तान किरण चेम्जोङ सहित पाँच जना गोल रक्षकले टिममा स्थान बनाउनुभएको छ । अनुभवी खेलाडी विक्रम लामा पनि राष्ट्रिय टिमसँग अभ्यास गरिराख्नु भएको छ । कतारबाट शल्यक्रिया गरेर आए पछि उहाँले नियमित राष्ट्रिय टिमसँग प्रशिक्षणमा हुनुहुन्छ । यदि उहाँ पुर्ण रुपमा फिट भएको अवस्थामा राष्ट्रिय टिममा राख्न सकिने एन्फाले बताएको छ ।
साफ च्याम्पियनसिप भने बंगलादेशमा आयोजना नहुने पक्का भइसकेको छ । आगामी सेप्टेम्बरको तेस्रो साता साफ आयोजना गर्न नसकिने बताए पछि अन्य दक्षिण एसियाली मुलुकहरुले दाबेदारिता प्रस्तुत गरिहेका छन् । नेपालले पनि दाबेदारिता प्रस्तुत गरिरहेको छ ।
बाँकी खेलाडीको सुची यस प्रकार छ :
दोस्रो चरणमा टिममा पाँच जना गोलकिपर राखिएको छ । जसमा किरण लिम्बु, दिप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, अर्पन कार्की हुनुहुन्छ। बाँकी खेलाडीमा आशिष लामा, अभिशेक रिजाल, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, राजिभ लोप्चन, रन्दिप पौडेल, रञ्जित धिमाल, रोहित चन्द, संजोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमल लामा, सुनील बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ हुनुहुन्छ ।