Kath khabar
नेप्से २१ अंकले बढ्दा छ अर्बको शेयर किनबेच


               काठमाडौं, असार २३ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज २१ दशमलव २७ अंकले बढेर २१ सय ४० दशमलव ९७ अंकमा चढेको छ भने सेन्सिटिभ पनि तीन दशमलव ५२ अंकले बढेर तीन सय ७८ दशमलव २२ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय २५ वटा कम्पनीहरुको ८० हजार आठ सय ३८ पटकको कारोबारमा एक करोड ४० लाख १५ हजार छ सय २२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम छ अर्ब २९ लाख ३१ हजार आठ सय ५४ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा विकास बैंक, फाइनान्स र व्यापार समुहको सूचक घटेका छ् भने वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक बढेर हरियो भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा मैलुङ खोला जलविद्युत कम्पनी, समाज लघुवित्त वित्तीय संस्था आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल इन्फ्रास्ट्रक्चर डेभलमेन्ट बैंक लिमिटेड, हिमालयन रि इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, असार २३, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update