Kath khabar
तोलामा रु चार सयले घट्यो सुनको मूल्य

 

                     काठमाडौं, असार २४ । आज सुनको मूल्य तोलामा रु चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला रु एक लाख ४५ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ ।

आइतबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज रु एक लाख ४४ हजार सात सय कायम भएको छ । महासङ्घले चाँदीको मूल्य आज भने स्थिर रहेको जनाएको छ । आइतबार रु एक हजार आठ सय ९० मा एक तोला चाँदी खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update