Kath khabar
नेप्सेमा चार अंकले गिरावट, १० वटा समुहले गुमाउँदा तीन वटाले कमाए


                काठमाडौं, असार २४ । नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने चार दशमलव ६२ अंकले घटेर २१ सय ३६ दशमलव ३५ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ७६ अंकले घटेर तीन सय ७७ दशमलव ४५ अंकमा खुम्चिएको छ ।  

नेप्सेमा आज तीन सय २४ वटा कम्पनीहरुको ५९ हजार नौं सय ७४ पटकको कारोबारमा एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता शेयर खरिद बिक्री भएको छ । सो अनुसार आज कुल कारोबार रकम चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय छ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये फाइनान्स, लघुवित्त र सामूहिक लगानी कोष समुहको सूचक बढेपनि वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र व्यापार समुहको सूचक भने घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज समाज लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया बैंकको ऋणपत्र ८२८३, एनआईसी एशिया फ्ेल्क्सी क्याप फण्ड आदिको शेयर मूल्य बढेका छन् भने मैलुङ खोला जलविद्युत कम्पनी, समाज लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनआरएन इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, जानकी फाइनान्स आदि परेका छन् ।  

 

प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update