काठमाडौ, असार ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप दुुई हजार नौ सय पाँच जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुबाट १३ हजार २४ वटा नमुनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमितहरु भेटिएका हुुन् । पछिल्लो २४ घण्टामा एक हजार छ सय छ जना भने संक्रमणमुक्त स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसैबिच पछिल्लो २४ घण्टामा नेपालमा कोभिड-१९ को संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । यो समेत गरी नेपालमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको कुुल संख्या नौ हजार चार सय ३० पुगेकोे छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने थप चार सय २५ जनामा संक्रमण पुष्टि भएको छ । सो मध्ये काठमाडौं जिल्लामा दुुई सय ९४ जना, ललितपुरमा ६२ जना र भक्तपुर जिल्लामा ६९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।