काठमाडौं, असार ३० । नेपाल राष्ट्र बैंकको मोवाईल एप सार्वजनिक गरेको छ । आज बुुधबार देखि नेपाल राष्ट्र बैंक मोवाईल एप सार्वजनिक भएको हो ।
आज आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गर्नुभयो । बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्क लगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ ।
मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ । उक्त एप हालको निम्ति बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिने छ । हाललाई मोबाइल एपएन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिकरूपमा आइओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिनेछ ।