Kath khabar
पसिना निकाल्दा हुने फाइदा के हो ?

                   

                    काठमाडौं, असार २५ । बिहानै हिँडडुल गरेर, घरमै कसरत गरेर वा जिमखानामा गएर कडा व्यायाम गरेर कैयनले पसिना निकाल्छन् । व्यायाम गर्दा पनि पसिना निकाल्नलाई नै जोड दिइन्छ । आखिर पसिना निकाल्दा हुने फाइदा चाँहि के हो त ?

पसिनाको माध्यमबाट मानिसहरूले शरीरभित्रको विषाक्त पदार्थ  बाहिर निकाल्न सक्छन्  । यसरी पसिना निस्कँदा शरीर भित्रको बिकार पदार्थ मात्रै निस्कदैन यसले  छालाको चमक पनि बढाउँछ ।

पसिना छालाका लागि मात्र नभएर कपालका लागि पनि फाइदाजनक छ । टाउकोमा पसिना आउँदा कपालका जराहरु खुल्दछन् जसले कपालको विकास गर्न सहयोग गर्दछ । तर, पसिना आउँदा कपाल तथा शरीर फोहोर भई चाँया लगायतका एलर्जी हुनसक्ने भएकोले सफा गरिरहन भने आवश्यक छ ।

शरीरबाट पसिना निस्किरहेको समयमा शरीरमा रक्तप्रवाह पनि बढेको छ । यसरी रक्तप्रवाह बढ्दा छाला चम्किलो र नरम हुन्छ । शरीरबाट पसिना निस्कँदा क्यालोरी बर्न हुन्छ जसले गर्दा मोटोपन पनि नियन्त्रण हुन्छ । यति मात्रै होइन, शरीरबाट धेरै पसिना निकाल्दा तनावबाट पनि राहत पाउन सकिन्छ । कसरत गर्दा निस्कने पसिनाले शरीरको तापक्रम घटाउँछ जसका कारण तनाव कम हुने मानिन्छ । यसका साथै पसिना आउँदा शरीरलाई सितल राख्न सहयोग पुग्छ ।

शरीरमा कैयौँ प्रकारका कार्बनिक रसायनहरु हुन्छन्, जुन शरीरका लागि हानिकारक हुन्छ । पसिनाको कारण त्यस्ता रसायन पनि बाहिर निस्कन्छन् र त्यसले शरीर स्वस्थ बनाउन मद्दत गर्छ । पसिनाले शरीर प्राकृतिक रुपमा सफा गर्दछ । पसिना आउँदा शरीरका स–साना छिद्रहरु खुल्छन् जसबाट शरीरका फोहोर तथा ब्याक्ट्रेरिया बाहिर निक्लन्छ ।

गर्मी दिनमा पसिना आउने आम समस्या  हो । पसिना नआउने मानिस नै हुदैन तर सबैलाई एकै मात्रामा पसिना आँउदैन । मानिसलाई पसिना नआइदिए हुन्थ्यो भन्ने लाग्न सक्छ किनकी यसको गन्धले व्यक्तित्वका नकारात्मक असर परिरहेको हुन्छ । तर स्वस्थ शरीरका लागि पसिना निस्कनु अति आवश्यक छ ।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update