Kath khabar
राजश्व अनुसन्धानद्धारा दुुई वटा कम्पनीहरुबिच झण्डै ६६ करोड रुपैयाँ बिगो सहित मुुद्धा 

काठमाडौं, असार ३०। राजश्व अनुसन्धान बिभाग हरिहर भवन पुल्चोकले राजश्व छली गरेको अभियोगमा दुुई वटा फरक फरक कम्पनीहरुबिरुद्ध झण्डै ६६ करोड रुपैयाँ बिगो र कैद सजाँय मागदावी गर्दे मुद्धा दायर गरेको छ । विभागका अनुसार राजश्व छली गरेको आधारमा सर्लाही जिल्ला, ब्रम्हपुरी गा.वि.स.-७ बस्ने मनिराज सप्लायर्सका प्रोप्राईटर राज देवी तथा उक्त फर्मको मुख्य कारोबार गर्ने व्यक्ति राजाराम महतो र रौतहट जिल्ला, तेजपाकड गा.वि.स.-६ बस्ने शिव ट्रेडर्सका प्रोपाइटर तथा अल्का सप्लायर्स मुख्य कारोबार गर्ने व्यक्ति ओमप्रकाश सिंह भुमिहार विरुद्ध आज बुधबार उच्च अदालत पाटनमा मुद्धा दायर गरिएको हो ।

सो मध्ये मनिराज सप्लायर्सका प्रोप्राईटरराज देवी तथा उक्त फर्मको मुख्य कारोबार गर्ने व्यक्ति राजाराम महतोबाट ४१ करोड ५१ लाख ३१ हजार आठ सय ५४ रुपैयाँ बिगो र कैद सँजाय माग दावी गर्दे मुद्धा दायर गरेको विभागले जनाएको छ । विभागका अनुसार मनिराज सप्लार्यसका प्रोप्रराईटर राज देवी तथा उक्त फर्मको मुख्य कारोबार गर्ने व्यक्ति राजाराम महतोले मालबस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई विक्री बीजक मात्र जारी गरी उक्त फर्महरूबाट विक्री रकम भुक्तानी लिई सो बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको र विभिन्न फर्महरूलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराई जालसाजी गरी प्रपञ्च रची मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावटको कसूर गरेको देखिएको छ।

सोही आधारमा ति व्यक्तिलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार जरिवाना र कैद सँजाय मागदावी गरिएको विभागले जनाएको छ । 

यसैगरी शिव ट्रेडर्सका प्रोपाइटर तथा अल्का सप्लायर्सका मुख्य कारोबार गर्ने व्यक्ति ओमप्रकाश सिंह भुमिहारबाट पनि २५ करोड ३५ लाख ४१ हजार पाँच सय ८४ रुपैयाँ विगो सहित कैद सँजाय मागदावी गरिएको पनि विभागले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update