Kath khabar
वडाअध्यक्षलाई बाटो खुलाउने चिन्ता


                   ललितपुर, असार २६ । ललितपुर जिल्लाको सदरमुकाम लगनखेलबाट करिब १४ कि.मि दक्षिणमा गोदावरी नगरपालिका वडा नं ८, डुकुछाप पर्दछ ।

ऐतिहासिक करुणामय संकटाको मन्दिर रहेको कटुवालदह यसै स्थानमा रहेको छ । वर्षा र सहकालका रूपमा पुजिँदै आएको रातो मच्छिन्द्रनाथको हरेक वर्ष वैशाख शुक्ल एकादशीको दिन हाल गोदावरी नगरपालिका वडा नं ७ मा पर्ने कटुवालदह यसै ठाउँ हुँदै जानु पर्दछ । उक्त मन्दिर जाने आउने मात्र नभएर आदिवासी जनजाति दनुवारहरूको मुख्य थात थलो रहेको यस क्षेत्र खाद्यान्न तथा तरकारी उत्पादनको प्रमुख क्षेत्र पनि मानिदै आएको छ ।

यस वडामा हजारौं रोपनीमा खुल्ला रुपमा उत्पादन हुने वर्षे तरकारीहरू, करिव ५००० वटा गोलभेडाका टनेलहरू र करिव २५० को हाराहारीमा कुखुरा, बाख्रा र गाई भैँसी फार्महरू रहेका छन्  । कृषिमा लागेर राम्रो आम्दानी गरिरहेका कृषकहरूलाई एउटै मात्रै चिन्ता रहेको छ, कसेरी भिर । यो भीर गोदावरी नगरपालिका वडा नं ८, डुकुछापको नव निर्मित वडा कार्यालय भवन नजिकै रहेको छ ।

गत शनिवार परेको अविरल वर्षाको कारण तलबाट भीषण रुपमा बगेको बाग्मतीले माटो तान्ने र माथिबाट माटो बग्ने समस्याले गर्दा एक दिन बाटो अवरुद्ध हुन पुग्यो । यसले गर्दा तरकारी र दूध  व्यापार व्यवसाय गर्ने किसानहरु, बाली लगाउन जाने कृषकहरू, विद्यालय कलेज जाने विद्यार्थीहरू र सर्वसाधारण सबैलाई बाटोले मर्कामा पार्यो । यो देख्न नसकी भोलिपल्ट नै वडा कार्यालयका वडा अध्यक्ष शुक बहादुर लामा सहित वडा सचिव रमाकान्त यादव, वडा इन्जिनियर गौतम महर्जन, कार्यवाहक वडाध्यक्ष भीष्म धिताल लगायतले डोजर स्काभेटरको व्यवस्था गरी करिव ६ घण्टा डोजर चलाएर माटो फ्याँक्ने काम गरी बाटो सुचारु गर्नु भयो । तर माटो फ्याँकेर अहिले अस्थाई रुपमा यातायात संचालन गर्नु मात्रै दिर्घकालीन समाधान भने होइन ।

यसको लागि बाग्मतीको किनाराबाटै शेरवालको निर्माण गरी माटो बग्ने कार्य रोक्नु पर्ने हुन्छ भनी वडा इन्जिनियर महर्जनले बताउनु भयो । विगतमा पनि फर्सिडोल दोभानबाट डुकुछापको बीच टोलसम्म प्रत्येक वर्ष कसेरी भीर र ढुङ्गाको खोल्चा दिउसै हिँडडुल गर्न पनि अति डरलाग्दो अवस्थामा थिए ।

वडाध्यक्ष शुक बहादुर लामाको प्रयासमा उक्त भीर कटान गर्ने र खोल्चा पुर्ने काम भएको थियो । माटो फ्याक्दै गर्दा भेटिनु भएका वडाध्यक्ष शुक बहादुर लामालाई किन यत्ति रातीसम्म बसेर बाटो बनाउँदै हुनुहुन्छ भनेर प्रश्न गर्दा उहाँले भन्नुभयो, 'यो बाटो मेरो वडाको मुख्य बाटो हो । मैले रातीसम्ममा पनि माटो फ्याँकेर गाडी चल्ने अहिले नै बनाए भने भोलि बिहान पहिलो टिपमा कलेज जाने विद्यार्थीहरू र तरकारी बेच्न लगनखेल जानेहरुलाई सजिलो हुन्छ त्यसैले जत्ति राती भएपनि यो बाटो अहिले नै खोल्नु पर्छ भनी बनाउँदैछु' । उहाँले अझै थप्नुभयो, 'मैले यो काम गर्न कसैबाट आर्थिक सहयोग लिएको छैन र लिन्न पनि । म मेरो गाउँ बनाउन एक्लै काफी छु, मलाई कसैसँग हात फैलाउनु आवश्यक छैन ।"

यसबाट उहाँको आफ्नो गाउँप्रतिको दायित्व र जिम्मेवारी पुरा गर्नको लागि कत्ति चिन्तित र अग्रसर हुनुहुन्छ भन्ने कुरा मैले प्रष्ट बुँझे  ।

 

WhatsApp-Image-2024-07-10-at-10.55.49-1720593435.jpeg
 

 


 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update