
काठमाडौं, असार २५ । लामो समयको पखाईपछि काठमाडौं जमलस्थित विश्वज्योति मलमा रहेको 'राजा लाउञ्ज एण्ड क्लब' को यही असार २८ गते शुक्रबारको दिन भव्य रुपमा उद्घाटन हुने भएको छ ।
नेपाली कला संस्कृतिलाई दर्शाउँदै पञ्चेबाजा, लाखे र धिमेबाजाका साथ नौलो शैलीमा उक्त क्लबको उद्घाटन गरिने लाउञ्जका सञ्चालक साथै यही क्षेत्रमा अनुभव बटुल्नुभएका मोडल, इभेन्ट म्यानेजर, संङ्गीतकर्मी तथा कोरियोग्राफर विनोद सिंहले बताउनु भयो ।
कार्यक्रममा तीन दशकदेखि सांगीतिक क्षेत्रमा चर्चा पाइरहनु भएका लोकप्रिय पप गायक दीपक बज्राचार्य तथा उहाँको ब्याण्ड 'रिदम' को सांगीतिक प्रस्तुती रहने पनि सिंहले जानकारी दिनुभयो ।
जमलस्थित विश्वज्योति मलको चौथौ तलामा रहेको उक्त लाउञ्जमा विभिन्न किसिमका तालिम, गोष्ठी, सेमिनार, जन्मोत्सव, भोज, साधारण सभा, साना साना विवाह तथा व्रतबन्ध गर्न सकिनेछ । पर्याप्त पार्किङको सुबिधा रहेको लाउञ्जमा ३५० सम्मको क्षमता भएको पार्टी हल रहेको छ ।