Kath khabar
जडिबुटीमा सञ्चालित सिन्धुली होटल ढिँडो सर्भिसमा नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्ति गर्न लगाउने दुई जना पक्राउ
Symbolic Image


               काठमाडौं, असार २६ । नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरूमा सिन्धुली हरिहरपुर गाउँपालिका–१ घर भएका ३३ वर्षीय वीर बहादुर सिंतान र २५ वर्षीय सुबिलाल सिंतान रहेका छन् । उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका–१ मनोहरा जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिँडो सर्भिस् एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी गेस्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाएको अनुसन्धानबाट खुल्न आएको छ ।

साथै प्रहरीले उक्त गेस्ट हाउसबाट तीन जना बालिकाहरूलाई उद्धार गरेको छ । उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update