Kath khabar
प्रधान सेनापति भीम मल्लको सालिक बनाउन मेयर बालेनलाई अनुरोध
डा. प्रेमसिंह बस्न्यातले काल्पनिक बनाउन लगाएको प्रधान सेनापति भीम मल्लको तस्विर

 

                      काठमाडौं, असार २६ । नेपालको इतिहासमा नेपालको भूगोल बढाउने र दुश्मनबाट बचाउने काममा धेरै पात्रहरुले अमूल्य नेतृत्व दिएका छन् । ती मध्ये एक प्रसंशनीय पात्र हुन्- प्रधान सेनापति काजी भीम मल्ल । उनी कान्तिपुरका राजा लक्ष्मी नरसिंह मल्ल र उनका छोरा राजा प्रताप मल्ल समेतका काजी रहेका थिए । अनि राज परिवारका नजिकका नातेदार पनि ।

मेरो ऐतिहासिक खोजमा प्रधान सेनापति काजी भीम मल्ल नै पहिलो व्यक्ति हुन् जसले नेपाल बाहिर गएर अर्को देश माथि नियन्त्रण गरेका थिए । अनि देशको अर्थात् नेपालको वैभव बढाइ आर्थिक उन्नति गराए । यही व्यापारको नियन्त्रण गर्नको लागि नै पछि अङ्ग्रेजले नेपालसँग युद्ध गरेको थियो।

उनी प्रधान सेनापति काजी थिए । किन कि उनले हात हतियार सहित को ठुलो सैनिक बल लिएर तिब्बतलाई कब्जा गर्न तिब्बत पुगेका थिए । उस बखत कुनै देश कब्जा गर्नु भनेको राजधानी कब्जा गर्नु हुन्थ्यो । उनी महान व्यक्ति थिए  । किन भने  त्यो जमानामा नै त्यही जमाना अनुसार उनले आफ्नो देशको भूगोल र आर्थिक पाटो बलियो बनाउन कान्तिपुरबाट ठुलो सेना लिएर शक्तिशाली तिब्बत भित्र प्रवेश गरे । ठाउँ ठाउँमा युद्ध लडे। हुँदा हुँदा ल्हासा पुगी तिब्बतको राजधानी कब्जा गर्न समेत सफल भए । लडाइँको यो एकदम सहासी र बहादुरी नेतृत्व थियो।  

तिब्बतमाथिको आर्थिक नियन्त्रण नै कान्तिपुर (नेपाल) को बनाए । थुप्रै नेपाली अर्थात् कान्तिपुरे (काठमाडाैं) व्यापारीलाई त्यहाँ बसाले । तिब्बतमा रहेको सुन, उन, नून, घोडा लगायतका ब्यापार माथि कान्तिपुर (काठमाडाैं) को एक छत्र नियन्त्रण रह्यो ।  भीम मल्लकै कारण अलिक पछि गएर भक्तपुर र पाटन राज्यले समेत तिब्बतमा ब्यापार गर्ने सुविधा प्राप्त गरे । भन्नै पर्दा त्यस बखत स्वर्ग जस्ता राज्य पाटन, कान्तिपुर र भक्तपुर सुनैसुनका मन्दिरले भरिनुमा समेत तिब्बतमाथिको भीम मल्ल (नेपाल)काे नियन्त्रण र त्यहाँका सुनले गर्दा हो भने हुन्छ । बहादुर काजी भीम मल्लकै योगदानले याे सबै सम्भव भएकाे हो।

काजी भीम मल्ल सन् १६३५ बाट सन् १६५५/५६ सालसम्म पनि (चीनले तिब्बत कब्जा नगरुञ्जेल) तिब्बतमाथि कुनै न कुनै रुपले नेपालको नियन्त्रण रहेकै थियो । यो नेपालको महान प्रतिष्ठा थियो।  नेपालको आर्थिक अवस्था बलियो हुनु तिब्बत कै ब्यापारले थियो । पछि चीन र नेपालको युद्धमा नेपालले यो नियन्त्रण र अधिकार गुमायो ।

मेरो ऐतिहासिक खोजमा प्रधान सेनापति काजी भीम मल्ल नै पहिलो व्यक्ति हुन् जसले नेपाल बाहिर गएर अर्को देश माथि नियन्त्रण गरेका थिए । अनि देशको अर्थात् नेपालको वैभव बढाइ आर्थिक उन्नति गराए । यही व्यापारको नियन्त्रण गर्नको लागि नै पछि अङ्ग्रेजले नेपालसँग युद्ध गरेको थियो।यी पात्रको बारेमा किन उपत्यकाका पुराना र नयाँ इतिहासकारहरुले सोध (खोज नगरेको ? केबल काजी भीम मल्लको श्रीमतीले दिएको श्रापलाई 'सतीको श्राप' सँग मात्र जोडेर उनलाई लेखिन्छ।

राजा प्रताप मल्लले उनलाई मारेपछि उनको श्रीमतीले सती जाने बेलामा श्राप दिएकी थिइन् । उनी राजा लक्ष्मी नर सिंह मल्ल कै पालामा मरियाका पनि भनेको भेटिन्छ । ल्हास्साबाट कान्तिपुर फर्किंदा काजी भीम मल्ल र उनकका सेना ठिङ्री, नाङपाला, थामेतेङ, मारुलुङ, नाम्चे, सल्लेरी, ओखलढुङ्गा, रामेछाप, पनौती हुँदै कान्तिपुर पुगेका बुझिन्छ।

यही बेलामा हो उनका सेना हाल ओखलढुङ्गा भनिएको  स्थानमा बास बसेर धान, मकै कोदो आदि किनेर स्थान विशेषमा ढुङ्गाका ओखल बनाइ, काठको हाते मुसल  बनाइ धान, मकै , कोदो कुटेर खाना बनाइ खाका थिए । पछि ती ओखलहरु रहेका स्थानलाई ओखलढुङ्गा नाम राखिएको पनि बुझिन्छ।

अन्तमा, मेयर बालेन शाह र काठमाडौं महानगरपालिकालाई अनुरोध छ कि यी महान प्रधान सेनापति काजी भीम मल्लको थप सोध-खोज होस् । अनि यिनको ठुलो सालिक काठमाडौंमा बनाइयोस् । अनि यो काम गर्ने जिम्मेवारी नेपाली सेनाको पनि हो । सोध-खोजमा म पनि सक्दो मद्दत् गर्नेछु ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update