Kath khabar
‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंग प्रत्यारोपण कठिन


                       काठमाडौं, असार २७ । ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंग प्रत्यारोपण कठिन भैरहेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भएको अङ्गदान सम्बन्धी वर्तमान अवस्था, समस्या, चुनौती र भावी कार्यदिशा बिषयक छलफलका क्रममा सरोकारवालाले जनचेतनाको कमी र सरकारी उदासिनताले ब्रेन डेथ भएका ब्यक्तिबाट अंग प्रत्यारोपण गर्न कठिनाइ भएको बताएका हुन् ।

छलफल कार्यक्रममा सरोकारवालाले  उपत्यकाका ठूला अस्पतालमा सडक दुर्घटनालगायत कारणबाट ब्रेन डेथ भएका बिरामी आउने गरे पनि त्यस्ता व्यक्तिबाट अंगको पर्खाइमा रहेका बिरामीमा प्रत्यारोपण गर्न समस्या भएको बताए । उनीहरूले मानिसले अङ्गदान गर्दा पुण्य कमाउन सकिन्छ भन्ने जनचेतना आम सर्वसाधारणमा जागृत गराउन नसक्नु, अस्पतालले समयमा जानकारी दिने काम नगर्नु, ब्रेन डेथ घोषणा गर्ने प्राबिधीक जनशक्तिको कमी हुनु र उनीहरुले यस्तो काम गर्दा आइपर्ने रिस्क उठाउन तयार नहुनु र  कानुनी र  सरकारी निकाय नै बाधक बन्दा धेरै जनाको ज्यान बचाउन सकिने काम पनि कठिन भएको धारणा राखेका थिए । मस्तिष्क मृत्यु घोषणा भएका बिरामीको अंग झिक्ने, झिकेका अंग सुरक्षित राख्ने, अंग प्रत्यारोपण गर्नुपर्ने बिरामीको अभिलेख दुरुस्त राख्ने तथा प्राप्त अंगलाई प्राथमिकता क्रमअनुसार वितरण गर्ने व्यवस्था मिलाउन सरकारी संयन्त्रको क्रियाशीलता र जनचेतना जगाउन ढिला भैसकेको पनि बताएका थिए ।

छलफल कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले कानुनी समस्या र व्यवहारिक समस्यालाई प्राथमिकताका साथ समाधान गर्नुपर्छ भन्नुभयो । उहाँले  मानव अंग प्रत्यारोपलाई बढाउन र मानिसको जीवन बचाउनका लागि कानुनी र व्यवहारिक जटिलताहरुलाई समाधान गर्ने तथा  जनचेतना बढाउने कुरामा सदनले आवश्यक पहल गर्ने आश्वासन पनि दिनुभयो ।

समितिका सदस्यहरुले मानव अंग प्रत्यारोपणका बिभिन्न विषयमा जिज्ञासा र समाधानका लागि आफ्नो राय राख्नुभएको थियो । मस्तिष्क मृत्यु घोषणा भएका व्यक्तिको परिवारले सबै उपचार खर्च मिनाहा आवश्यक रहेको पनि समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले बताउनुभयो ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार चन्द्र श्रेष्ठले पछिल्ला वर्षहरूमा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या डर लाग्दो भएको बताउँदै ब्रेन डेथ भएका मानिसकबाट अंग निकाल्न सकेमा धेरैको ज्यान बचाउन सकिने बताउनुपडा. कल्पना श्रेष्ठलाई ‘ब्रेन डेथ डोनर सेन्ट्रल ट्राभयो । उहाँले त्यसका लागि जनचेतना तथा सरकारी उदासिनता प्रमुख बाधक रहेको बताउनुभयो । मस्तिष्क मृत्यु भएका व्यक्तिको फोक्सो, मिर्गौला, कलेजो, प्यांक्रियाज, मुटु र सानो आन्द्रा गरी कम्तीमा ८ वटा अंग प्रत्यारोपण गर्न मिल्छ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु घोषणा भएका व्यक्तिबाट प्राप्त हुने अंग प्रत्यारोपणका लागि नाम टिपाउन ढड्डा राखिएको छ ।  यस्तो लिस्ट बनेमा मस्तिष्क मृत्यु घोषणा भएकाहरूको अंग मुलुकभर जुनसुकै अस्पतालमा डायलसिस गराउँदै आएका बिरामीले पनि पाउने व्यवस्था मिलाउन सकिन्छ । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update