Kath khabar
स्वदेशी आयोजनाका १ सय ५० मेगावाट बिद्युत खेर, भारतबाट आयात गर्दा २० अर्ब बाहिरियो

काठमाडौं, असार ३१ । समयमै प्रसारणलाइनको निर्माण हुन नसक्दा स्वदेशमा निर्माण सम्पन्न भएका कैयन आयोजनाले पुर्ण रुपमा बिद्युत उत्पादन गर्न पाएका छैनन् । देशभरका यस्ता आयोजनाको कुल १ सय ५० मेगावाट बराबरको उत्पादन खेर गइरहेको छ । प्रसारण लाइनको अभावमा स्वदेशका आयोजनाको बिजुली खेर गइरहँदा यता बिदेशबाट भने बिजुली आयात गरेर देश उज्यालो बनाउन खोज्दा करिब २० अर्ब रुपैयाँ बाहिरिएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार कोशी करिडोरमा अहिले जम्मा ३३ केभिको प्रसारण लाइन छ । जसमा अहिले दुई सय २० केभिको प्रसारण लाइन निर्माण हुँदैछ । अहिलेको प्रसारण लाइनले १२ मेगावाट भन्दा बढि धान्न सक्दैन तर कुल उत्पादिन बिजुली भने करिब ३२ मेगावाटको हाराहारीमा छ । त्यसैले यसरी हेर्दा यो करिडोरमा प्रसारणलाइनको अभावमा २० मेगावाट बराबरको बिजुली खेर गइरहेको छ ।

 सोलु करिडोरमा पनि प्रसारण लाइनको अभावमा १५ मेगावाट बराबरको बिजुली खेर गइरहेको छ । ३३ केभिको प्रसारणलाइनबाट सबै आयोजनाको उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनसम्म ल्याउन संभव भएको छैन । त्यसैगरि सिंगटी करिडोरमा लगभग करिब ९० मेगावाटको आयोजना उत्पादन गर्न  सकिएका छैनन् । यसरी हेर्दा देशमा करिब १ सय ५० मेगावाट बराबरको बिजुली प्रसारणलाइनको अभावमा खेर गइरहेको छ ।

बाढीका कारण पनि सञ्चालनमा रहेका आयोजनामा क्षती पुगेको छ । जसका कारण अहिले बिदेशबाट आयात बढाउनु परेको स्थिती छ । अहिले बिशेषगरि ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी र ७० मेगावाटको मध्यमस्र्याङ्दीबाट बिजुली उत्पादन हुन सकेको छैन । बिशेषगरि बाढीले क्षतीपुराएपछि यि आयोजनाबाट बिद्युत उत्पादन प्रभावित भएको हो ।

यसबाहेक बाढीकै कारण लमजुङ करिडोरका अन्य २२ मेगावाट बराबरका आयोजनाको उत्पादन प्रभावित भएको छ । प्राधिकरणका अनुसार बाढीका कारण ३ हजार मेगावाट आवर उत्पादन हुन्थ्यो होला । जुन अहिले प्रभावित भएको छ ।

माग अनुसारको उत्पादन गर्न नसकेकाले अहिले ६३ प्रतिशत बिजुली भारतमा भर पर्नुपरेको छ । प्राधिकरणबाट सञ्चालित आयोजनाबाट ५ हजार ६ सय मेगावाट आवर, निजीबाट सञ्चालित आयोजनाबाट ४ हजार ५ सय बिद्युत उत्पादन भइरहेको छ तर पिक समयमाबिजुलीको माग धान्नका लागि भने भारतबाट अहिले १८ हजार २ सय ३६ मेगावाट आयात गर्नुुपरेको छ ।

महामारीका कारण यो वर्ष १६ सय मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य लिएकामा दुई  सय मेगावाट हाराहारीका आयोनजना मात्रै प्रसारणलाइनम जोड्न संभव भएको प्राधिकरणको भनाई छ । देश बिजुलीमा आत्मनिर्भर बन्नका लागि अझै थप ५ वर्ष लाग्ने प्राधिकरण बताउँछ ।

जबकी ३ वर्ष अघि तयार पारिएको स्वेतपत्रमा १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य लिइएको थियो । देश बिजुलीमा आत्मनिर्भर बन्नै कठिन भएका बेलामा पार्टिका नेताहरुले भने जनतालाई बिजुली बेचेर भारु र डलर कमाउने सपना देखाउन छाडेका छैनन् । 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update