Kath khabar
दैनिक आठ सय महिलाको गर्भावस्था र प्रसवका समयमा मृत्यु हुने गरेको संयुक्त राष्ट्रसङ्घीय प्रमुखको भनाइ


                संयुक्त राष्ट्रसङ्घ, असार २८ । विश्वभर हरेक दिन लगभग ८०० महिलाको गर्भावस्था र प्रसवको समयमा अनावश्यक मृत्यु हुने गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताउनुभएको छ ।    

गुटेर्रेसले हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवसमा आफ्नो सन्देशमा यो तथ्याङ्कको खुलासा गर्नु भएको हो ।  

यो वर्ष जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) कार्यक्रमको ३० औँ वार्षिकोत्सवमा प्रतिज्ञाहरूलाई वास्तविकतामा परिणत गर्ने प्रयास र लगानीलाई गति दिने सङ्कल्प गर्ने वर्ष पनि हुनुपर्ने संयुक्त राष्ट्रसङ्घका प्रमुखले बताउनुभयो ।   

कार्यक्रम स्वीकृत भए पछिको दशकहरूमा भएको प्रगतिलाई उल्लेख  गर्दै गुटेर्रेसले पहिलेभन्दा धेरै महिलाहरूले आधुनिक गर्भनिरोधकमा पहुँच भएकाले मातृ मृत्यु सन् २००० बाट ३४ प्रतिशतले घटेको छ ।

महिला आन्दोलन र नागरिक समाज परिवर्तन ल्याउन महत्वपूर्ण रहेको पनि उहाँले बताउनुभयो ।   एक्काइसौँ  शताब्दीमा पनि लगभग ८०० महिलाहरू हरेक दिन गर्भावस्था तथा प्रसवको समयमा मृत्यु हुनु अपमानजनक अवस्था हो र यसरी ज्यान गुमाउनेको सङ्ख्या विकासोन्मुख देशहरूमा अझै धेरै रहेको गुटेर्रेसले बताउनुभयो ।

केही स्थानहरूमा, महिलाजनित विकृतिले जोखिम ल्याउनेजस्ता महत्त्वपूर्ण बिषयहरूमा सुधार आएको उहाँले उल्लेख गर्नुभयो ।  
---

 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update