Kath khabar
यि प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

 

                काठमाडौं, असार २९ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ रहेको छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली  रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम  वर्षा  भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी,  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती , गण्डकी र लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै, राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र  गण्डकी  प्रदेशका  एक-दुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update