Kath khabar
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

 

                  वाशिंगटन, असार ३० । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकाको पेन्सिलभेनियामा शनिबार डोनाल्ड ट्रम्पको र्‍यालीमा गोली चलेपछि आफूलाई दाहिने कानमा गोली लागेको बताएका छन् । जसका कारण उनी घाइते भएका छन् । र्‍यालीमा गोली चलाउँदा उनको अनुहारमा रगत पनि देखिएको थियो । यद्यपि उनीहरु पूर्ण रुपमा सुरक्षित रहेको बताइएको छ ।

ट्रम्प पेन्सिलभेनियाको बटलरमा स्टेजमा बोल्दै थिए, अचानक एक आक्रमणकारीले गोली चलाएको थियो । विस्फोटको आवाजले ट्रम्प स्टेजमा ढलेका थिए ।  ट्रम्पको सुरक्षाका लागि खटिएका एजेन्टहरूले उनलाई सकुशल बाहिर निकालेका थिए । गोली एक सेन्टिमिटरमा ठीकसँग लागेको भए डोनाल्ड ट्रम्पले ज्यान गुमाउन सक्थे । गोली प्रहारले पूर्वराष्ट्रपतिको कान छोएको थियो । ट्रम्पले यसका लागि एजेन्टहरूलाई धन्यवाद दिएका छन् । आक्रमणकारी नजिकैको छतमा बसेको र गोलीबारीमा एआर शैलीको राइफल प्रयोग गरेको अनुमान गरिएको छ । योसँगै र्‍यालीमा सहभागी एक व्यक्तिको पनि मृत्यु भएको छ ।

एसोसिएटेड प्रेसले यो फायरिङ ट्रम्पको हत्या गर्ने प्रयास भएको दाबी गरेको छ । सन् १९८१ मा रोनाल्ड रेगनलाई गोली हानेपछि अमेरिकामा राष्ट्रपति वा राष्ट्रपति पदका उम्मेदवारमाथि हत्याको यो पहिलो प्रयास भएको कानुन प्रवर्तन अधिकारीहरूले बताएका छन् ।

 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update