Kath khabar
नेप्सेमा हरियाली, ५२ अंकले बढ्दा सात अर्ब ६२ करोडको शेयर कारोबार


              काठमाडौं, असार ३० । नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से ५२ दशमलव ९७ अंकले बढेर २२ सय ५७ दशमलव ५९ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ५९ अंकले बढेर चार सय एक दशमलव २५ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको ९६ हजार दुई सय ७४ पटकको कारोबारमा दुई करोड २० लाख ४७ हजार तीन सय २७ कित्ता शेयर कारोबार भएका छन् । सो अनुसार आज कुल कारोबार रकम सात अर्ब ६२ करोड चार लाख ९८ हजार पाँच सय २० रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार सहितका सबै समुहहरुको सूचक बढेर नेप्सेमा पुरै हरियो भएको छ ।

नेप्सेमा आज रिडी हाइड्रोपावर कम्पनी, हिमाल दोल दोलखा हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने बलेफी हाइड्रोपावर कम्पनी प्राइम बैकको ऋणपत्र आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने जानकी फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेड ग्लोबल आईएमई बैंकको संस्थापक शेयर, नेपाल फाइनान्स आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update