Kath khabar
पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध


                  लमजुङ, असार ३१ ।  पहिरोले बेँसीसहर चामे सडक अवरुद्ध भएको छ । मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेमा आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक मेघनाथ चापागाईले ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध भएको र सडक  खुलाउन प्रहरी त्यसर्फ प्रस्थान गरिसकेको जानकारी दिनुभयो ।

यस सडकअन्तर्गत मनाङखण्ड भने यही १८ गते साँझदेखि अवरुद्ध रहँदै आएको छ । चामे गाउँपालिकास्थित तिमाङ खोलामा काठे पुल र सो नजिकै पक्की मोटरेवल पुल बाढीले बगाएपछि सवारी सञ्चालन हुन सकेको छैन । आवागमन रोकिँदा मनाङवासी समस्यामा परेका छन् ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update