Kath khabar
जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ


                 ललितपुर, असार ३१ । महालक्ष्मी नगरपालिका–१ इमाडोलस्थित सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भएका २५ वर्षीय अनिल भन्ने साजन गिरीको काभ्रेली खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा साजन समेत ५ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८५ हजार ३ सय ४० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update