Kath khabar
अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला, ३१ असार | अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण कालीकोटको गगने खोला, यास मोड, बिर्तामोड, झाम्ला मोड, छेका, मोल्फासहितका स्थानमा लेदोसहित ढुङ्गा झरेर सडक अवरुद्ध भएको थियो । 

मेसिन परिचालन गरी आज अपराह्न ३ः३० बजेदेखि सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले जानकारी दिनुभयो ।

वर्षाका कारण सो स्थानहरुमा आज बिहानदेखि सडक अवरुद्ध भएको थियो । सडक अवरुद्घ हुँदा यात्रुहरु बीच बाटोमै रोकिएका  थिए ।  वर्षा र पहिरोले कर्णाली राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update