Kath khabar
आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड


                     काठमाडौं,  साउन १ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु नौ सयले वृद्धि भएको छ ।

आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । सोमबार प्रतितोला रु एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ ।

यस्तै, सोमबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४७ हजार एक सय निर्धारण भएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ७५ निर्धारण भएको छ ।
---

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update