Kath khabar
यस्तो छ, ११ महिनामा देशको अर्थतन्त्र

काठमाडौं, असार ३१ । मुुलुकको अर्थतन्त्र कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले आज बिहिबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी ११ महिनाको प्रतिवेदन अनुसार अनुुसार अर्थतन्त्र कमजोर देखिएको छ । 

चालुु आर्थिक बर्षको ११ महिनामा मुुलुकको निर्यात व्यापारमा सुधार आएको देखिएपनि आयात उच्चरुपमा बढेको छ । आयात बढी भएकै कारण मुुलुुकले ११ महिनामा १२ खर्ब भन्दा बढीको बैदेशिक व्यापार घाटा बेहोरेको छ । राष्ट्र बैंकको यो प्रतिवेदन अनुसार नेपालले प्रत्येक महिना एक खर्ब रुपैयाँ भन्दा बढीको बैदेशिक व्यापार घाटा बेहोरेको देखिएको छ । प्रतिवेदन अनुसार चालु आवको ११ महिनामा नेपालको कुल वस्तु निर्यात ३७ दशमलव आठ प्रतिशतले वृद्धि भई एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात शुन्य दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ४३ दशमलव तीन प्रतिशत र २५ दशमलव नौ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १७ दशमलव चार प्रतिशतले कमी आएको छ । राष्ट्र बैंकका अनुसार वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

चालुु आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु आयात भने २५ दशसलव सात प्रतिशतले वृद्धि भई १३ खर्ब ८३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५ दशमलव तीन प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२ दशमलव दुुई प्रतिशत, २४ प्रतिशत र नौ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदी लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्पm तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु व्यापार घाटा २४ दशमलव छ प्रतिशतले वृद्धि भई १२ खर्ब ६२ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १६ दशमलव चार प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात आठ दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ प्रतिशत रहेको थियो । 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update