Kath khabar
नेप्सेमा देखियो उछाल, ७० अंकले बढ्दा नौं अर्ब १३ करोड भन्दा बढीको शेयर किनबेच


                काठमाडौं, साउन १ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्सेमा साताको तेस्रो कारोबार दिन आज मंगलबार भने उछाल देखिएको छ । नेप्से आज ७० दशमलव १८ अंकले बढेर २३ सय १० दशमलव ५९ अंकमा पुगेकोमा सेन्सिटिभ १२ दशमलव ३३ अंकले बढेर चार सय नौं दशमलव ५१ अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको एक लाख १९ हजार ११ पटकको किनबेच हुँदा कुल कारोबार रकम नौं अर्ब १३ करोड ८६ लाख २९ हजार छ सय ४२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये सामुहिक लगानी कोष समुहको सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र व्यापार समुहहरुको सूचक उच्च अंकले बढेर हरियो भएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सिन्धु विकास बैंक, बरुण हाइड्रोपावर कम्पनी, आखुखोला जलविद्युत कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र, आईसीएफसी फाईनान्सको ऋणपत्र, एनआईबिएल ग्रोथ फण्ड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने न्यादी ग्रुप पावर लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर बैंक आदि परेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update