Kath khabar
जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट पक्राउ


                   भक्तपुर, साउन १ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने सिन्धुली गोलन्जोर गाउँपालिका–५ घर भएका ३८ वर्षीय नवराज श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती बालिकालाई कमलबिनायक बसपार्कस्थित शौचालय नजिक शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update