Kath khabar
सिमलताल पहिरो : मृतकका परिवारलाई एक लाख दिइने


                महेन्द्रनगर, साउन २ । मधेस प्रदेश सरकारले गत असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई रु एक लाखका दरले राहत दिने भएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति रु एक लाखका दरले राहत उपलब्ध गराउने बताउनुभयो । “दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ”, मुख्यमन्त्री सिंहले कुरा गर्दै भन्नुभयो, “मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।” मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताउनुभयो । (रासस)
–––

 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update