Kath khabar
शेयर बजारमा हरियाली


                काठमाडौं, साउन २ । नेप्सेमा हरियाली छाएको छ । आज बुधबार नेप्से ५४ दशमलव चार अंकले बढेर २३ सय ६४ दशमलव ६३ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव २५ अंकले बढेर चार सय १९ दशमलव ७७ अंकमा पुगेको छ ।

नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरुको एक लाख ४९ हजार चार सय ८१ पटकको कारोबारमा तीन करोड २० लाख ९५ हजार नौं सय ३७ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार सहितका सबै समुहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सेन्ट्रल फाइनान्स, आखुखोला जलविद्युत कम्पनी, एनएमबी शुलभ फण्ड आदिको शेयर मूल्य बढेका छन् भने सिटिजन्स म्युचुअल फण्ड २, सिद्धार्थ बैंकको ऋणपत्र आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिंगटी हाईड्रो इर्नर्जी कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update