Kath khabar
लगातार रेकर्ड राखेको सुनको भाउ आज घट्यो



                          काठमाडौं, साउन ३ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु तीन सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।

बुधबार प्रतितोला रु एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ६० निर्धारण भएको छ ।
---

 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update