Kath khabar
अब मेरो जवको एआईले आफै उत्कृष्ट कर्मचारी सिफारिस गर्ने


                   काठमाडौं, साउन ३ ।  नेपालको अग्रणी अनलाइन जवपोर्टल ‘मेरो जव’ ले रोजगारदाताहरुका लागि उत्कृष्ट कर्मचारी छनोट गर्ने एआई – ए टि एस ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ सार्वजनिक गरेको छ ।

मेरो जवका अनुसार रोजगारदाता कम्पनीहरुले मेरो जवको सिस्टममा पोस्ट गरेका रोजगारीका आवेदनमध्येबाट एआईले कम्पनीहरुले खोजेको जस्तै सर्वोत्कृष्ट आवेदकलाई सिफारिस गर्नेछ । मेरो जव एआईले रोजगारदाताहरुले एक एक गर्दै सबै आवेदकहरुको प्रोफाइल हेर्नुपर्ने झन्झट हटाएको हो ।

यसअघि रोजगारदाता कम्पनीहरुले आवेदन दिने सबै आवेदकको प्रोफाइल एक एक गर्दै हेर्नुपर्ने झन्झट थियो । अब एआईले आवेदन मध्यबाट कम्पनीले खोजेको जस्तो कर्मचारी क्रमबद्ध गरी छनोटका लागि सिफारिस गर्नेछ । विश्व बजार नै एआईको दौडमा अघि बढिरहेको बेला नेपालमा दक्षजनशक्ति छनोट गर्ने प्रक्रिया सरलीकृत गर्न ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ विकास गरेको कम्पनीका प्रबन्ध निर्देशक शैलेन्द्र राज गिरिले बताए । उनले भने, ‘एउटा जव भ्याकेन्सीमा हजारौं व्यक्तिहरूले आवेदन दिएका हुन्छन्, रोजगारदाताहरुको लागि सबैको प्रोफाइल स्क्रीन गर्न एकदमै झन्झटिलो हुन्छ । हाम्रो एआई सिस्टमले भ्याकेन्सीमा परेका आवेदनहरु मध्यबाट रोजगारदाताले खोजेको जस्तै कर्मचारी क्रमबद्ध रूपमा छनोट गर्न सुझाव दिन्छ ।’

मेरो जवले १ वर्षको अवधि लगाएर एआई सिस्टम ‘एप्लिकेशन ट्रयाकिङ सिस्टम’ तयार पारेको हो ।  कम्पनीले विगत डेढ दशकदेखि रोजगारी खोज्न प्रक्रिया सरलीकृत गर्दै आइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update