Kath khabar
नेप्सेमा उछाल, ५९ अंकले बढ्दा १५ अर्ब ५४ करोडको कारोबार


                   काठमाडौं, साउन ३ । नेप्सेमा उछाल आएको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से ५९ दशमलव ६८ अंकले बढेर २४ सय २४ दशमलव ३२ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३७ अंकले बढेर चार सय ३५ दशमलव १४ अंकमा पुग्न सफल भएको छ ।  

नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको एक लाख ८४ हजार सात सय १२ पटकको कारोबारमा तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख सात हजार तीन सय ३८ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा फाइनान्स र जलविद्युत समुहको सूचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सूचक बढेर हरियो भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड आखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने कुमारी सबल योजना, सिक्लेस हाइड्रोपावर लिमिटेड, सानिमा लार्ज क्याप फण्ड आदिको शेयर मूल्य घटेका छन् । नेपाल फाइनान्स, शाईन रेसुंगा डेभलपमेन्ट बैंक, न्यादी ग्रुप पावर लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update