Kath khabar
न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयको अवरोध

 

                     काठमाडौं, साउन ४ । काठमाडौं महानगरपालिकाले पुनः सुरु गरेको न्युरोडको फुटपाथ विस्तारको काममा स्थानीयले अवरोध गरेका छन् । उच्च अदालत पाटनको आदेशपछि गत बुधबारदेखि पुनः सुरु गरिएको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले अवरोध गरेका हुन् ।

यसअघि डिभिजन सडक कार्यालयले अवरोध गरेपछि रोकिएको फुटपाथ विस्तारको काम उच्च अदालत पाटनको आदेशपछि महानगरले बुधवार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडी बढाएको थियो । सडकलाई पैदलयात्रीमै‌त्री बनाउन बोलपत्रमार्फत महानगरपालिकाले जेठ ११ गतेदेखि काम थालेको थियो ।

स्थानीयवासीले विरोध गरेपछि उक्त क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र महानगरीय प्रहरीको टोली खटाइएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update