Kath khabar
यसरी गर्नुहोस् साउन महिनामा महामृत्युञ्जय मन्त्रको नियमित जप

 

                    काठमाडौं, साउन ५ ।  साउन महिनालाई शास्त्रमा मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको छ । साउनको सुरुको दिन अर्थात् साउने संक्रान्तिलाई विशेष महत्व दिइएको छ किनभने यसै दिनदेखि सूर्य दक्षिणायन हुने र दिन छोटो अनि रात लामो हुन थाल्दछ, यो क्रम माघेसंक्रान्तिसम्म रहन्छ ।

यो वर्ष अतिरिक्त महिनाका कारण साउन महिना ५९ दिनको हुने भएको छ । साउन महिनामा भगवान शिवलाई प्रसन्न गर्नका लागि भक्तजनहरू भगवान शिवलाई जलाभिषेक गरी आशीर्वाद लिन्छन् । साउन महिनामा महामृत्युञ्जय मन्त्रको छुट्टै महत्व छ । यो मन्त्र जप गर्नाले अकाल मृत्युबाट बच्न सकिन्छ भनिन्छ ।

साउन महिनामा महामृत्युञ्जय मन्त्रको नियमित जप गर्नाले मानिसले दीर्घायुको सौभाग्य प्राप्त गर्ने हिन्दू धर्मग्रन्थ शिव पुराणमा उल्लेख छ । पुराणका अनुसार महामृत्युञ्जय मन्त्रको जप गर्ने व्यक्तिको अकाल मृत्यु टरेर जाने तथा स्वास्थ्य लाभ प्राप्त हुने शास्त्रमा उल्लेख छ। यसका साथै जानीजानी वा अन्जानमा गरेको पापबाट पनि मुक्ति पाउन सकिन्छ।

महामृत्युञ्जय मन्त्र
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् ।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।।

अर्थ
हामी सबैले यस ब्रह्माण्डका त्रिनेत्र भगवान् भोलेनाथको पूजा गर्छौं। यस संसारमा सुगन्ध फैलाउने भगवान शिवले हामीलाई मृत्युको बन्धनबाट मुक्त गरून्, ताकि हामी मोक्ष प्राप्त गर्न सकौं।

यी गल्ती नगर्नुहोस्
मन्त्र जप गर्दा, मन्त्रको उच्चारणमा कुनै गल्ती नहोस् भन्ने कुरामा विशेष ध्यान दिनुहोस्। रुद्राक्षको मालाले मात्र महामृत्युञ्जय मन्त्रको जप गर्नुहोस्। यो मन्त्र जप गर्दा भगवान शिवको मूर्ति, शिवलिंग वा महामृत्युञ्जय यंत्र नजिकै राख्नुहोस्।

यो मन्त्र दैनिक एक निश्चित समयमा जप गर्नुहोस्, बारम्बार समय परिवर्तन नगर्नुहोस् । आसनमा बसेर मन्त्रको जप गर्नुहोस् ।  स्मरण रहोस् मन्त्र जप गर्दा तपाईको मुख पूर्व दिशातिर फर्काउनुपर्दछ ।

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update