संसदमा विश्वासको मत लिदै प्रधानमन्त्री ओली (प्रत्यक्ष प्रसारण)
काठमाडौं, साउन ६ । प् प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्नुहुनेछ । उक्त प्रस्तावलाई आजै निर्णयार्थ प्रस्तुत गरिनेछ ।
त्यस्तै, सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने विषय पनि कार्यसूचीमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १३:२७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय