Kath khabar
नेप्सेमा हरियाली , ६१ अङ्कले बढ्दा १५ अर्ब २३ करोडको कारोबार


                काठमाडौं, साउन ६ । नेप्सेमा हरियाली देखिएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ६१ दशमलव ६१ अंकले बढेर २४ सय ८५ दशमलव ९४ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव ५३ अंकले बढेर चार सय ४९ दशमलव ६८ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आाज तीन सय १५ वटा कम्पनीहरुको एक लाख ७७ हजार चार सय ६७ पटकको कारोबारमा चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर  किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, व्यापार र अन्य समुहको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज युनाईटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी, सिक्लेस हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबारका आधारमा भने सोल्टी होटल, फर्स्ट माईक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, सिईडिबी हाइड्रो डेभलपमेन्ट कम्पनी आदिको बढी रकम कारोबार भएका छन् ।

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update