Kath khabar
हास्य कलाकार हरिवंश आचार्य अचानक अस्पताल भर्ना

 

             काठमाडौं, साउन ६ । हास्य कलाकार हरिवंश आचार्य अचानक अस्पताल भर्ना हुनुभएको छ । एक कार्यक्रमका लागि विराटनगर पुग्नुभएका आचार्य अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना हुनुभएको हो ।

उहाँको मोरङको विराटनगरस्थित नर्सिङ होममा उपचार भइरहेको छ । आइतबार बिहान काठमाडौं फर्कन लागेका बेला नाकबाट रगत बगेपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो  । आचार्यकोअवस्था सामान्य रहेको बताइएको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update