Kath khabar
नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य


                काठमाडौं, साउन ६ । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानलाई जितका  लागि एक सय  नौ रनको लक्ष्य दिएको छ ।

श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय आठ रन बनायो ।

नेपालका लागि कविताले उनले २३ बलमा चार चौका र एक छक्काको सहयोगमा अविजित ३१ रन बनाइन् ।  सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले  १३ रन जोडे ।

पाकिस्तानका लागि सादिया इकबालले सर्वाधिक दुई विकेट लिइन भने फातिमा सानाले एक एक विकेट लिइन । पाकिस्तान अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update