Kath khabar
प्रतितोला रु एक सयले बढ्यो सुनको मूल्य


                      काठमाडौं, साउन ७ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु एक लाख ४६ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४६ हजार तीन सय निर्धारण भएको छ ।

त्यस्तै, आइतबार प्रतितोला रु एक लाख ४५ हजार पाँच सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ४५ हजार छ सय निर्धारण भएको छ । चाँदीको मूल्य प्रतितोला रु २० ले घटेको छ । आइतबार प्रतितोला रु एक हजार आठ सय १० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ९० निर्धारण गरिएको छ ।
---

 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update