Kath khabar
सेफ सन्तोषको गौशालाको मिथिला थालीमा साउनभरी लसुन र प्याज बिनाको थाली


                 काठमाडौं, साउन ७ । शाकाहारी खाना मात्र उपलब्ध गराउँदै आएको बीबीसीका मास्टर सेफ सन्तोष साहको गौशालास्थित रेस्टुरेन्टमा साउन महिनाभर  लसुन र प्याज समेत नराखी मिथिला थाली खान पाइने भएको छ ।

सेफ सन्तोषले भने, “गौशालाको मिथिला थाली यसै पनि शाकाहारी रेस्टुरेन्ट हो, तर साउन महिनाभर पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा शुद्ध शाकाहारीलाई लक्षित गरी प्याज र लसुन बिनाको मिथिला थाली उपलब्ध गराउन लागिएको हो ।” साउनमा मन्दिर दर्शन गर्नका लागि पनि गाह्रो हुन्छ, घन्टौँ लामबद्ध भइ दर्शन गरेपछि भक्तजनहरुका लागि आराम गर्न र भोक मेट्नका लागि मिथिला थाली उपयुक्त गन्तव्य हुने उनको विश्वास छ ।

उनका अनुसार जनकपुर, ललितपुरको झम्सिखेल र काठमाडौँको गैरीधारामा सञ्चालित मिथिला थालीमा सबै परिकार पाइने भए पनि गौशालाको मिथिला थालीलाई शाहाकारी रेस्टुरेन्टका रुपमा सञ्चालन गरिएको हो ।

शाहाकारी मिथिला थालीमा १७ प्रकारका परिकार खुवाइन्छ । जसमा तिल र आलासले झानेको सलाद, आलुको चोखा, कडिबडी, बिरिया, मौसममी तरकारी, रहरको दाल, भात, दही, घ्यू रोटी, तिलौरी, तरुवालगायत चार प्रकारका अचारले थाली भरिएको हुन्छ ।

रेस्टुराँमा चार सय रुपैयाँमा मिथिला थाली, पाँच सय रुपैयाँमा मिथिला थाली विथ मसरुम, पाँच सय ५० रुपैयाँमा मिथिला थाली विथ पनिर र आठ सय ५० रुपैयाँमा मिथिला थाली प्रिमियम उपलब्ध छ । हिन्दु धर्मावलम्बीमा साउनको सोमबार व्रत बसी विधिपूर्वक शिव भगवानको पूजा गर्नाले मनोकामना पूरा हुने, दीर्घायु, सुख, शान्ति, ऐश्वर्य, धन धान्य र मान सम्मान प्राप्ति हुने विश्वास छ ।

साउनलाई भगवान् शिवको महिना मानिन्छ । साउन महिनाभर र त्यसमाथि पनि साउनको सोमबार पशुपतिनाथ मन्दिरमा नेपाली र भारतीय भक्तजनको दर्शन गर्नेको ठूलो भिड लाग्छ । भक्तजनहरूको आवश्यकतालाई लक्षित गरी उनीहरूको सुविधाका लागि शुद्ध शाकाहारी भोजन तयार हुने सेफ सन्तोषले बताए ।

 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update