Kath khabar
रोकियो नेप्सेको उच्च वृद्धि


                 काठमाडौं, साउन ७ । नेप्सेको उच्च अंकको वृद्धि रोकिएको छ । अघिल्लो दिन झण्डै ७२ अंकले बढेको नेप्से आज सोमबार दुई दशमलव १५ अंकले बढेर २४ सय ८८ दशमलव शून्य नौं अंकमा चढेपनि सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ८९ अंकले घटेर चार सय ४८ दशमलव ७९ अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको एक लाख ७० हजार पाँच सय ५९ पटकको कारोबारमा तीन करोड ९७ लाख ५४ हजार सात सय ११ कित्ता शेयर किनबेच भएको  छ । सो अनुसार आज  कुल कारोबार रकम १३ अर्ब ९१ करोड ५५ लाख ३५ हजार चार सय ४० रुपैंयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, निर्जीवन बीमा, पर्यटन, लगानी र लघुवित्त सहितका छ वटा समुहहरूको सूचक घटेर रातो भएपनि फाइनान्स, जलविद्युत, जीवन बीमा, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य र व्यापार सहितका सात वटा समुहहरुको सूचक बढेर हरियो भएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था, पिपुल्स हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने गणपति लघुवित्त वित्तीय संस्था, कुमारी धनबृद्धि योजना आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट, कुमारी बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।  

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update