Kath khabar
दुर्लभ एकसिङ्गे पोथी गैंडा मृत फेला
File Photo



          नारायणगढ, साउन ८ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका–२६  भगडीमा आज दुर्लभ एकसिङ्गे पोथी गैँडा मृत फेला परेको छ ।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा बुढो उमेरको देखिने पोथी गैँडा मृत फेला परेको हो ।

मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिनुभयो ।  उहाँले मृत गैँडाको शरीरमा चोटपट तथा  घटनास्थलमा कुनै शङ्कास्पद वस्तु नभेटिएको हुँदा बुढो भएर कालगतीले मरेको हुनसक्ने बताउनुभयो । निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगिसकेको र पोस्टमार्टम गरेपछि मृत्युको कारण थाहा हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले सरसर्ती हेर्दा शरीरमा कुनै चोटपटक देखिएको छैन । बुढो भएर मरेको हुनसक्ने अनुमान गरेका छौँ । मृत्युबारे पोस्टमार्टम गरेपछि मात्र थाहा हुन्छ ।”  यसबारे अन्य अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
---

 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update