Kath khabar
नेप्सेमा ७५ अंकको उच्च वृद्धि


                काठमाडौं, साउन ८ । नेप्से उच्च अंकले बढेको छ । आज मंगलबार नेप्से ७५ दशमलव ३३ अंकले बढेर २५ सय ६३ दशमलव ४३ अंकमा कायम रहेको छ । सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ४० अंकले बढेर चार सय ५९ दशमलव १९ अंकमा कायम रहेको छ ।

नेप्सेमा आज तीन सय १७ वटा कम्पनीहरुको एक लाख ७१ हजार तीन सय ८७ पटकको कारोबारमा तीन करोड ९७ लाख ९० हजार आठ सय ८९ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम १४ अर्ब ११ करोड ६३ लाख ३० हजार नौं सय ९५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको शुचि बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बोटर्लस नेपाल (बालाजु) लिमिटेड, नेपाल वेयर हाउजिङ कम्पनी, हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने गणपति लघुवित्त वित्तीय संस्था, सानिमा लार्ज क्याप फण्ड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, अपी पावर लिमिटेड, बरुण हाइड्रोपावर लिमिटेड आदि परेका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update