Kath khabar
पूर्वसहायकमन्त्रीको हत्याको अध्ययन भइरहेको छ : गृहमन्त्री लेखक


                     काठमाडौं, साउन ८ ।  गृहमन्त्री रमेश लेखकले पूर्वभूमिसुधार सहायकमन्त्री रामचन्द्र रायको हत्यालाई प्रहरीले सूक्ष्म अध्ययन थालेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका ८० वर्षीय रायको हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) घटनास्थलतर्फ प्रस्थान गरेको जानकारी दिनुभएको हो ।

“उहाँको घरमा काम गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । परिचय खुल्न बाँकी तीन जनाको खोजी भइरहेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “सिआइबीबाट सिनियर प्रहरी अफिसर तथा प्राविधिक जनशक्तिसहितको टोली घटनास्थलमा खटिएको छ । यस घटनाबारे सुक्ष्म अध्ययन भइरहेको छ ।”      
    
पूर्वभूमिसुधार सहायकमन्त्री रायको आइतबार राति उहाँकै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या भएको हो ।
–––

 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update