Kath khabar
टीआईएमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना
Photo : Via Social Media


                  काठमाडौं, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य  एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटना भएको हो । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली तथा दमकलकर्मीहरूले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ । आगलागीले विमानस्थलको आकाशमा धुँवाको मुस्लो देखिएको छ । उक्त विमानमा चालक दलसहित १९ जना रहेको बुझिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update