Kath khabar
दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट १८ जनाको शव निकालियो
Photo : Nepal Army

 

                         काठमाडौं, साउन ९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धारकर्मीहरुले १८ जनाको शव निकालेको छ । जहाजमा सवार क्याप्टेन मनिष शाक्यको उद्धार गरी हाल केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिनुभयो । उहाँले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताउनुभयो ।

सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।

विमानमा चालक दलका सदस्यसहित १९ जना सवार थिए । विमान स्थानीय समय अनुसार बिहान ११ बजेतिर उडेको थियो । पोखराका लागि उडेको सौर्य एयरलाइन्सको (एन–एएमई ९सीआरजे २००) विमान दुर्घटनापछि स्थिति तनावग्रस्त बनेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update