Kath khabar
२७ अंकले घट्यो नेप्से, कारोबार रकम १६ अर्ब २० करोड नाघ्यो


                 काठमाडौं, साउन ९ । नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार २७ दशमलव ३२ अंकले घटेर २५ सय ३६ दशमलव ११ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २५ अंकले घटेर चार सय ५२ दशमलव ९३ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको एक लाख ८८ हजार आठ सय ५६ पटकको कारोबारमा चार करोड सात लाख ४७ हजार दुई सय २६ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम १६ अर्ब २० करोड ८५ लाख ७७ हजार तीन सय १४ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये फाइनान्स र होटल तथा पर्यटन समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र व्यापार समुहको सुचक भने घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बोटर्लस नेपाल (तराई) लिमिटेड, समृद्धि फाइनान्स कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने चिर्खा हाइड्रोपावर कम्पनी लिमिटेड, रिभर फल्स पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन । हिमालयन रि इन्स्योरेन्स कम्पनी, अपर तामाकोसी हाइड्रोपावर कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।
 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update